‘कास्की विकासको नेतृत्व भरतपोखरीले गरोस’: स्थानीयवासी

पाेखरा | कात्तिक २४, २०७९

‘कास्की विकासको नेतृत्व भरतपोखरीले गरोस’:   स्थानीयवासी

पोखराः   आसन्न मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट कास्की २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विद्या भट्टराई र २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीलाई पोखरा ३३ भरतपोखरीका स्थानियहरूले कास्की विकासको नेतृत्व गर्ने गरि विजयी गराउने प्रतिवद्धता जनाएका छन् ।

 

निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले  उम्मेदवारद्वय भट्टराई र कार्कीलाई यो पटक आफुहरूले महत्वपूर्ण अवसर गुम्न नदिने भन्दै सो क्षेत्रको योजनावद्ध एकीकृत विकासको अवधारणालाई साकार पार्न स्थानियको आग्रह छ ।

 

विकासका कुशल अभियन्ता स्वर्गीय नेता रविन्द्र अधिकारीको जन्मथलो समेत रहेको  भरत पोखरीका जनताले संघीय र प्रदेशका दुवै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु ऐतिहासिक र विकासको नेतृत्वका लागि अभुतपूर्व मौका भएको प्रतिक्रिया दिएका छन् ।

 

स्थानिय निराजन अधिकारिले २०६६ सालमा पर्यटन क्षेत्र घोषित उक्त क्षेत्रमा  पर्यटकिय विकासको थप काम प्रतिबवद्धतापत्रमा समावेश गरेकोमा धन्यवाद दिदै भौतिक पूर्वाधार लगायत विकासका काम एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको अगुवाईमा अगाडि बढिरहेको बताए ।

 

 सो अवसरमा उक्त क्षेत्रको निवर्तमान सांसद समेत रहेकी उम्मेदवार विद्या भट्टराईले आफ्नो पहलमा भएका विकास निर्माणको जानकारी दिईन् । उनले विरौटा हुँदै कोत्रे जोड्ने चार लेनको सडक अब निर्माणको प्रक्रियामा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै सहयोग गर्ने सबै स्थानिय तथा सरोकारवालाहरूलाई आभार प्रकट गरिन् ।

 

उक्त अवसरमा प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले पोखरा महानगरका वडामा पर्ने वरपरका डाडाहरूलाई महानगरीय विकासको अवधारणा अनुसार विभिन्न मोडलमा विकास गर्ने भन्दै पोखरा ३३ र २१ लाई “ग्रीन हिल सिटी“ को रुपमा विकास गर्ने योजना रहेको  बताए ।

 

कार्कीले एमाले नेतृत्वको  प्रदेश सरकारको पालामा निर्माण प्रक्रिया थालनी भएर अहिलेको सरकारले बेवास्ता गरेको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र  औद्योगिक क्षेत्र  स्थानियहरूको  माग  व्यवस्थापन गरेर मात्रै  निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

साथै उनले भरतपोखरीमा सुविधा सम्पन्न एक अस्पताल र प्राविधिक शिक्षा सहितको बहुमुखी क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउने सहित व्यवसायिक कृषिको विकासको आधुनिक मोडलको अवलम्वन एवं सशक्त रोजगार युवा  र पिछडिएका वर्ग तथा महिला शसक्तिकरणका कार्यक्रम आफुले प्रतिबद्धतापत्रमा उल्लेख गरे बमोजिम पूरा गर्ने बताए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्